वेव सिरिज रुद्रमा अजय

798 shares

नायक अजय देवगण अब ओटीटीमा एक वेव सिरिजको माध्यमबाट डेब्यू गर्ने तयारीमा छन् । उनले ओटीटी प्लेटफर्मबाट रिलिज हुने वेव सिरिज रुद्रबाट डेब्यु गर्न लागेका हुन् ।

ब्रिटिश शो ‘लूथर’को रिमेकको रुपमा बन्न लागेको ‘रुद्र’लाई बीबीसी इन्डिया, एपलाज इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यो वेव सिरिज डिज्नी प्लस हट स्टारबाट रिलिज हुनेछ । ‘रुद्र’ थ्रिलर कथामा निर्माण हुँदैछ ।

798 shares