१३ गते कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

196 shares

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औं महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले पार्टीको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौं गर्ने तालिका निर्धारण गरेको छ।

196 shares