सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय
वि.सं.२०७८ वैशाख १३ सोमवार ०३:०३
1.64K
shares

कोभिड १९ को बढ्दो संक्रमणले गर्दा सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिए ।

वि.सं.२०७८ वैशाख १३ सोमवार ०३:०३
1.64K
shares





