माधब नेपालसहित ११ जना एमालेबाट निस्कासित

1.6K shares

नेकपा एमालेको स्थायी कमिटि बैठकले माधब कुमार नेपालसहित ११ जनालाई पार्टिबाट निस्काषण गरेको छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका झलनाथ खनाल,माधव नेपाल र भीम रावलसहित ११ जनाले स्पष्टीकरण नबुझाएकाले थप कारबाही गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

कारबाहिमा पर्नेमा माधव कुमार नेपाल, झलनाथ खनाल, भिम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो।

1.6K shares