भेरी अस्पतालको घटना छानबिन गर्न सहायक सीडीओ शंकर विष्टको नेतृत्वमा समिति गठन

294 shares

बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न समिति बनेको छ । शुक्रबार बसेको सरोकारवाला नियाएको बैठकले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको नेतृत्वमा समिति गठन गरेको छ ।
समितिले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश पाएको सहायक प्रजिअ विष्टले जानकारी दिए । समितिमा चिकित्सक संघ, नर्सिङ संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि समेत राखिएको छ ।

294 shares