युरोकपमा आज पोर्चुगल र हंगेरी भिड्दै

406 shares

युरोकपमा मंगलबार पोर्चुगल र हंगेरी भिड्दैछन् । समूह एफमा रहेका यी दुई टोली बुढापेस्टस्थित पुस्कास एरेनामा भिड्नेछन् । नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुने खेलमा साविक विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ ।

युरोकपका ११ आयोजक राष्ट्रमध्ये हंगेरी पनि एक हो । सन् २०१६ मा फ्रान्सलाई उसैको मैदानमा हराउँदै पहिलो पटक पोर्चुगलले युरोकप जितेको थियो । २०१६ मा पोर्चुगल र हंगेरी समूह चरणमै खेल्दा ३–३ को बराबरीमा खेल टुङ्गिएको थियो । यो पटक घरेलु मैदानमा हंगेरीको लागि यो फाइदाको विषय छ ।

406 shares