खनाललाई उपचारका लागि नयाँदिल्ली लगिंदै
वि.सं.२०७८ असार २ बुधवार ०८:३१
511
shares
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । ज्वरो आएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
खनाललाई बुधबार लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।
वि.सं.२०७८ असार २ बुधवार ०८:३१
511
shares