नेपालले प्लेअफ खेल्न नपर्ने एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश

420 shares

नेपाल एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले परिमार्जन गर्दै सार्वजनिक गरेको नयाँ ढाँचा अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको छ । अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ ।

विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल चौंथो स्थानमा रहेको थियो । समूह (बी) मा रहेको नेपालले ६ अंक जोडेको थियो ।

छनोटको चौंथो स्थानमा रहेको टिमले प्ले अफ खेल्नु पर्ने नियम रहेको थियो । तर, एएफसीले बनाएको नयाँ नियमको कारण नेपालले सिधै तेस्रो चरणमा स्थान बनाएको हो । अब छनोटको पाँचौं स्थानमा रहेको टिमले प्ले अफ खेल्ने छन् ।

                                                     

420 shares