फिनल्याण्डलाई हराउँदै रुस ३ अंकको साथ समुहको दोश्रो स्थानमा

350 shares

रुसले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । उनले आर्टम ज्यूबाको पासमा पहिलो हाफको इन्जुरी समयमा उत्कृष्ट गोल गरेका हुन् ।यस जितसँगै समूह (बी) को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फिनल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।

350 shares