युरोकपको नकआउट चरणको पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दै

वि.सं.२०७८ असार १२ शनिवार १४:१६
581
shares

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा आज (शनिबार) राति वेल्स र डेनमार्क भिड्दै छन् । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
डेनमार्क समूह (बी) को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । समूह चरणमा डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो । वेल्स समूह (ए) को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो ।
डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।

वि.सं.२०७८ असार १२ शनिवार १४:१६
581
shares