क्रोएसिया र स्पेन भिड्दै

196 shares

१६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा आज (सोमबार) राति स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह (ई) बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको स्पेन र समूह (डी) बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको क्रोएसिया बिच भिडन्त हुनेछ । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

196 shares