लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुल्ने

280 shares

काठमाडौँ । यातायात ब्यबस्था बिभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि बिभागले ट्रायल खुलाउने तयारी गरेको हो ।

बिभागले बैशाख १६ गतेदेखि ट्रायल परिक्षा स्थगित गरेको थियो। मंगलबार गरेको बिभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी सुरु भएको हो ।

स्वास्थ्य मापदण्ड अनुरुप सवारी लाइसेन्स परिक्षाको ट्रायल खुलाउन सीसीएमसी तयार रहेको बिभागले जनाएको छ ।

280 shares