दोलखाका स्थानीय तहमा आर्थिक अराजकता, ३८ करोड बेरुजु, कुन स्थानीय तहको कती ?

630 shares

दोलखा । दोलखाको स्थानीय तहमा आर्थिक अराजकता देखिएको छ । शुक्रबार सार्वजनिक महालेखापरिक्षककाृ आर्थिक बर्ष २०७७/७८ को प्रतिवेदनमा दोलखाको स्थानीय तहमा ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ बेरुजू हो ।

दोलखामा २ नगरपालिका र ७ गाउँपालिका रहेका छन् । भिमेश्वर नगरपालिकामा १ अर्व ६७ करोड ७४ लाख २० हजार रुपैयाँ लेखापरिक्षण गर्दा ३ करोड ४६ लाख ७८ हजार रुपैयाँ बेरुजू देखिएको छ । तेस्तै, जिरी नगरपालिकामा ८७ करोड ७२ लाख २० हजार लेखापरिक्षण गरेकोमा २ करोड ९२ लाख ३१ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

गाउँपालिका तर्फको लेखापरिक्षणमा बैतेश्वर गाउपालिकाको बेरुजु रकम धेरै देखिएको छ । बैतेश्वरमा ८८ करोड ५८ लाख ६० हजार रुपैयाँ लेखापरिक्षण गर्दा १२ करोड ४८ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो दोलखाको स्थानीय तहमध्येको धेरै बेरुजू हो ।
त्यस्तै, शैलुङ गाउँपालिकाको ४ करोड ४६ लाख ३५ हजार रुपैयाँ, गौरीशंकर गाउँपालिकाको ४ करोड १० लाख ४१ हजार रुपैयाँ, मेलुङ गाउँपालिकाको ४ करोड ३७ लाख ९८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बिगु गाउँपालिकामा २ करोड ६७ लाख ५८ हजार रुपैयाँ, तामाकोशि गाउँपालिकामा १ करोड ८६ लाख ९५ हजार रुपैयाँ र कालिञ्चोक गाउँपालिकामा १ करोड ३० लाख १७ हजार रुपैयाँ बेरुजू देखिएको महालेखा परिक्षकको बार्षिक प्रतीवेदनमा उल्लेख छ ।

 

630 shares