नेकपा एकीकृत समाजवादी प्रेस नेपालको अध्यक्षमा शम्भु श्रेष्ठ

203 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन भएका छन् । बुधबार दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले विहिबार पत्रकार संगठनको भेला गरि तदर्थ समिति गठन गरेको हो ।

प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा सम्पन्न भेलाले तदर्थ समिति गठन गरेको हो । एमालेबाट छुट्टीएर माधब नेपाल समुहले छुट्टै दल दर्ता गरेपछि पत्रकारहरुको जनबर्गिय संगठनको पहिलो भेला गरेर समिति गठन गरेको हो ।

भेलामा पार्टी अध्यक्ष माधब नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । समितिले दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरेर केन्द्रिय समितिलाई पुर्णता दिने जनाएको छ ।

203 shares