बिरामी बोक्ने गाडी हिलोमा फसेपछि स्थानीयले घिसारे गाउँपालीका अध्यक्षलाई
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२८
दोलखा । विरामी लिन आएको गाडी हिलोमा फसेपछि गाडी निकाल्न पहल नगरेको र ढाँटेको भन्दै स्थानीयवासीले गाउँपालिका अध्यक्षको कठालो समातेर घिसारेका छन् । स्थानियले शनिबार मेलुङ गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठको कठालो समातेका हुन् ।
स्थानीयका अनुसार मुकुने बाट गम्भिर अबस्था भएको बिरामीलाई उपचारको लागी अस्पताल लानुपर्ने गाडी बाटोमा फसेको र उक्त गाडी निकाल्नको लागी पालिकाले पहल नगरेको कारण यो स्थिति सिर्जना भएको हो ।
विरामीका आफन्तले फसेको गाडी निकाल्नको लागी श्रेष्ठलाई आग्रह गरेका थिए । तर, श्रेष्ठले आफु सदरमुकाम गएको कारण गाउँपालिकामा भनेर निकाल्न लगाउँछु भनेर टाले ।
एकछिन पछि स्थानीय जनातहरु पालीका छेवैमा पुग्दा श्रेष्ठ पालिकामै भेटीय । स्वास्थ्य जस्तो गम्भिर विषयलाई पनि मजाकको बिषय बनाएको र सडक निर्माण राम्रोसँग नगरेको कारण बिरामी अस्पताल लान समस्या भएकोले स्थानीयले श्रेष्ठको कठालो समातेका छन् ।
उक्त समयसम्म बिरामीलाई बोकेर लैजाँदा ३ वटा स्ट्रेचर भाचिसकेको र पालीकाले हिलोमा फसेको गाडी निकाल्न कुनै तादरुकता नदेखाएको कारण यो अवस्था सिर्जना भएको स्थानियले बताए ।
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२८