मेलुङ गाउँपालिका अध्यक्षको कठालो समातेको घटनाप्रति गाउँपालिका राष्ट्रिय महासंघको आपत्ती

329 shares

दोलखा । शनिबार मेलुङ गाउँपालिकाको अध्यक्ष नर बहादुर श्रेष्ठको कठालो समातेको घटनाप्रति गाउँपालिका राष्ट्रिय महासंघले आपत्ती जनाएको हो । आईतबार महासंघका अध्यक्ष इश्वरचन्द्र पोखरेलले विज्ञप्ती जारी गर्दै आपत्ती जनाएका छन् ।

उक्त घटनालाई महासंघले अराजक व्यक्तिका झुण्डहरुले गरेको अभद्र व्यवहार भन्दै कानुनी कारवाहीको माग गरेको छ ।

शनिवार विरामी लिन आएको गाडी फसेपछि स्थानियले पालिकालाई निकालिदिन आग्रह गरेका थिए । तर, अध्यक्ष श्रेष्ठले आफु चरीकोट रहेको भन्दै पालिकामा सम्पर्क गरेर निकाल्न लगाईदिने भनेर टालेका थिए । केहीबेरपछि स्थानीय पालिका पुग्दा श्रेष्ठ भेटीएपछि अवस्था असामान्य बन्न पुगेको थियो ।

हेर्नुहोस् महासंघले निकालेको विज्ञप्ती

 

329 shares