मोडल निशा घिमिरेको निधन

329 shares

काठमाडौँ । लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत भइरहेको मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको बुधबार साँझ ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निःशुल्क उपचार गरिरहेको थियो । उपचाररत घिमिरेको स्वास्थ्यमा लामो समयदेखि कुनै सुधार देखिएको थिएन ।

329 shares