दोलखा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

189 shares

दोलखा । नेकपा एमाले दोलखामा माधव नेपाल समुहले निर्माण गरेको समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरीत भएको छ । मंगलबार कमिटीका सचिव प्रोण प्रताप केसीले विज्ञप्ती जारी गर्दै एकीकृत समाजवादीमा रुपान्तरण भएको जनाएका हुन् ।

पार्टीभित्रको अन्तर संघर्ष चर्किएको बेला नेपाल समुहले देशभरिनै समानान्तर गतिविधि गरिरहेको थियो । सोही समय भिम प्रसाद दाहालको नेतृत्वमा दोलखामा निर्माण गरिएको कमिटी एकीकृत समाजवादी भएको हो ।

यससँगै समाजवादीको पदाधिकारीमा उपाध्यक्ष भुवन के सी, सचीव प्रोण प्रताप के सी र उपसचिव घनस्याम रिजाल रहेका छन् ।

189 shares