भारतसँग २–१ ले नेपाल पराजित

182 shares

काठमाडौँ । दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपुर्ण खेलमा भारतसँग नेपाल पराजित भएकाे छ । आइतबार भएको दोस्रो खेलमा भारतले २–१ को जित हासिल गरेको छ ।

यसअघि भएको पहिलो खेलमा बराबरी खेलेको नेपालले दोस्रो खेलमा हार व्यहोर्नुपरेको छ । भारतको जितमा फारुख चौधरी ले ६२ औँ मिनेटमा र क्याप्टेन सुनिल क्षेत्रीले ७९ औँ मिनेटमा गोल गरेका थिए ।

नेपालका तर्फबाट तेज तामाङले खेलको ८६ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

182 shares