भ्वाइस अफ नेपाल किड्सको चारै जना निर्णायक छानिए, मिलनको इन्ट्रि

315 shares

काठमाडौँ । पहिलो पटक शुरु हुन लागेको भ्वाइस अफ किड्स नेपालको निर्णायकहरु छानिएका छन् । विहीबार विहान भ्वाइस अफ किड्स नेपालको आधिकारिक फेसबुक पोजमार्फत् चारै जना निर्णायक भएको पोष्टर सार्वजनिक गरिएको हो ।

अब भ्वाइस अफ किड्सको निर्णायक प्रमोद खरेल, राजु लामा, प्रविशा अधिकारी र मिलन आमात्य हुनेछन् । प्रमोद खरेल र प्रविशा यसअगाडिनै छानिएका थिए । प्रविशालाई भ्वाइस अफ नेपाल सिजन ३ को फाइनलमा सार्वजनिक गरिएको थियो ।

सार्वजनिक निर्णायक राजु र प्रमोद भ्वाइस अफ नेपालको निर्णायक रहिसकेका छन् भने प्रविशा र मिलन थपिएका हुन् ।

315 shares