विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि नीलकण्ठेश्वर माध्यामिक विद्यालय एक साता बन्द

वि.सं.२०७८ असोज ७ बिहीवार ०६:२०

दोलखा । विद्यार्थीहमा कोरोना संक्रमण देखिएपछि गौरिशंकर गापा–२ मा रहेको नीलकण्ठेश्वर माध्यामिक विद्यालयको पठन पाठन एक साता बन्द भएको छ । विद्यालय सोमबार देखि एक साताको लागि बन्द भएको हो ।
विद्यालयका विद्यार्थी र शिक्षकहरुमा रुघाखोकिको संक्रमण बढेपछि एन्टिजोन परिक्षण गर्दा एक जना विद्यार्थिमा कोरोना पोजेटिभ देखिएको विद्यालयका प्रधानाध्यापक शान्त लामा शेर्पाले बताए । अन्य विद्यार्थी र शिक्षकहरुमा पनि रुघाखोकि देखिएकोले ठुलो क्षति हुन नदिनको लागि विद्यालय बन्द गरिएको लामाले बताए ।
विद्यालय २७ गतेबाट नियमित सञ्चालनमा आएको थियो । अचानक विद्यालयका विद्यार्थी, कर्मचारि र शिक्षकहरुमा रुघाखोकी र ज्वरो बढेपछि ९ जना विद्यार्थी, २ जना शिक्षक र एक जना कर्मचारीको एन्टिजिन परिक्षण गरिएको थियो । सो परिक्षणमा विद्यार्थी कृष्ण खत्रिलाई कोरोना पोजेटिभ देखिएको थियो ।
अवस्था सामान्य भए ९ गतेपति विद्यालय सञ्चालन हुने प्रधानाध्यापक लामाले बताए ।

वि.सं.२०७८ असोज ७ बिहीवार ०६:२०