टुङगियो एकीकृत समाजवादीको पदाधिकारी चयन, को को बने पदाधिकारी ? (सूचीसहित)

210 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयन टुङगिएको छ । मंगलबारदेखि जारी समाजवादीको केन्द्रिय कमिटिको बैठकले पदाधिकारी चयन गरेको हो ।

बैठकले महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ । राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथ शाह र जयन्ती राईलाई उपाध्यक्ष चयन गरेका समाजवादीले उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई चयन गरेको छ ।

त्यस्तै, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिवमा चयन भएको छ । चयन भएका पदाधिकारीको नाम केन्द्रिय समितिबाट अनुमोदन गर्ने तयारी रहेको जनाइएको छ ।

210 shares