साहज उर्जाको आइपीओ भर्ने अन्तिम दिन

259 shares

काठमाडौँ । साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कम्पनीले खुलाएको ७० लाख कित्ता साधरण शेयर भर्ने अन्तिम दिन हो ।

कुल पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणको लागि कम्पनीले खुलाएको थियो । कम्पनीले ३ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत म्युचुअल फण्डका लागि, २ लाख १० हजार अर्थात ३ प्रतिशत कर्मचारीका लागि र बाँकि ६४ लाख ४० हजार कित्तामा सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापीटल रहेको छ । सीडीएससीका अनुसार २ करोड ५४ लाख ८७ हजार कित्ताको लागि आवेदन शुक्रबार बेलुकासम्म परेको छ ।

259 shares