नेप्सेमा पहिरो, सबै सूचक राताम्मे
वि.सं.२०७८ असोज १० आइतवार १०:०८
434
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको पहिलो कारोबार दिनमा ६१.२७ अंकले घटेको छ । नेप्से घटेर २७५८.४८ विन्दुमा पुगेको हो ।
आइतबार पुँजीबजारमा नेप्सेसहित, सेन्सेटिभ, फ्लट र सेन्सेटिभ फ्लट सूचकहरुको नकरात्मक रहे । त्यस्तै, १३ ओटा उपसमुहमध्ये म्युचुअल फण्ड बाहेकका उपसमुहहरु पनि नकरात्मक रहेका छन् । म्युचुअल फण्ड नगन्य मात्रामा सकरात्मक रह्यो ।
फाइनान्स, हाइड्रो पावर, ट्रेडिङ लगायतका उपसमुहका लगानीकर्ताले धेरै गुमाएका छन् । नेप्सेमा पहिरो गएपनि मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, मैलुङ खोला हाइड्रो, सिटिजन्स म्युचुअल फण्ड लगायतका कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् ।
बजारमा ६ अर्ब ५० करोड रुपैँया बराबरको कारोबार भएको छ ।
वि.सं.२०७८ असोज १० आइतवार १०:०८
434
shares