पौडी खेल्ने क्रममा डुबेर विगुका युवक बेपत्ता

224 shares

दोलखा । विगु गाउँपालिकाका एक किशोर पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । सोमबार लादुक आदर्श माध्यामिक विद्यालय नजिकैको नदिबाट युवक बेपत्ता भएका हुन् ।

बेपत्ता हुने युवक विगु ४ नाङपोल घर भएका टिकाराम तामाङ रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका १८–१९ बर्षका तामाङ बेपत्ता भएका हुन् ।

रोजगारीको सिलसिलामा भारत बसेर काम गर्ने तामाङ केही दिन अघिमात्र उनि घर आएको स्थानीयले बताए । तामाङको प्रहरीको सहयोगमा खोजिकार्य भइरहेको स्थानीयले बताए ।

224 shares