नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट

175 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य सुधार देखिएको छ । बुधबार नेप्से ५०.५८ अंकले बढेर २६६५.९३ विन्दुमा पुगेको हो ।

बजारमा ५ अर्ब रुपैँया बराबरको शेयर खरिद बिक्री हुँदा नेप्सेसहित सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सबै सुचकहरु सकरात्मक रहेका छन् । साथै सबै उपसुचकहरु पनि सकरात्मक रहेका छन् ।

बुधबार हाइड्रो पावर, फाइनान्स, ट्रेडिङ लगायतका कम्पनीको लगानीकर्ताले कमाउन सफल भएका छन् । मेगा बैंक, युनिलिभर नेपाल लगायतका कम्पनीका लगानीकर्ताले गुमाउन पुगेका छन् ।

सामान्य अंकले वृद्धि भएको पुँजीबजारमा अपि पावर र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

175 shares