गौरीशंकर बहुमुखी क्याम्पसमा अनेरास्ववियूको कमिटी गठन
वि.सं.२०७८ असोज १३ बुधवार १०:२१
567
shares
दोलखा । अनेरास्ववियूले गौरीशंकर बहुमुखी क्याम्पसमा क्याम्पस कमिटी गठन गरेको छ । अनेरास्ववियूले बुधबार सुमन नेपालीको अध्यक्षतामा ४१ सदस्यीय क्याम्पस कमिटी गठन गरेको हो ।
नेपालीको अध्यक्षतामा गठन भएको कमिटीमा उपाध्यक्ष सजिना दाहाल, सचिवमा देबराज मगर, सहसचिवमा बविना नेपाली, सलोमी धनुके र कमल थापा र कोषाध्यक्षमा ललिता तामाङ चयन भएका छन् ।
कमिटी गठन गर्दै अनेरास्ववीयू जिल्ला कमिटी अध्यक्ष पुष्पक केसी, सहसचिव श्यामचन्द्र श्रेष्ठ र जिल्ला कमिटी सदस्य उज्वल खड्काले मन्तब्य राखेका थिए ।
वि.सं.२०७८ असोज १३ बुधवार १०:२१
567
shares