दोलखामा तारा तामाङको नेतृत्वमा अनेमसंघ गठन

वि.सं.२०७८ असोज १३ बुधवार १३:३४
476
shares

दोलखा । नेकपा (एकीकृत समाजवादी) को जनवर्गिय संगगठन अनेमसंघको दोलखा जिल्ला कमिटी अध्यक्षमा तारा तामाङ चयन भएकि छन् । बुधबार भएको जिल्ला कमिटीको भेलाले तामाङ अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा गोमा दाहाल र देवी शाहीलाई चयन गरेको छ । जतना खड्कालाई सचिव चयन गरेको अनेमसंघ दोलखाले उपसचिवमा जानुका निरौला, देवी वस्याल र कल्पना जिरेल चयन भएका छन् । संघको कोषध्यक्षमा गिता ढुङगेल चयन भएकि छन् ।
नयाँ पार्टी गठन भएपछि संगठन निर्माणमा तिव्रता दिएको नेकपा (एस)ले आज अनेमसंघ दोलखा गठन गरेको हो । गएको शनिबार काठमाडौँमा सम्पर्क मञ्च गठन भएको थियो ।

वि.सं.२०७८ असोज १३ बुधवार १३:३४
476
shares