महिलाको चरित्रहत्या गर्ने चार युट्युबर पक्राउ

189 shares

काठमाडौँ । युट्युब मार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गर्ने युट्युबरहरु पक्राउ परेका छन् । बुधबार प्रहरीको साइबर ब्युरोले युट्युबरहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले निजलाई युट्युब च्यानल सञ्चालन गरी उक्त च्यानलमार्फत महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच आउने काम गरेको बताएको छ । निजहरुलाई विद्युतिय कारोबार ऐन, २०६३ मार्फत जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दैनिक खबरका दाङका प्रदिप भण्डारी, हरेक पलको खबर का शिशिर अधिकारी, सराइचुलि मिडियाका पिंकला कार्की र मोर्डन अनलाई टिभिका रोधन तामाङ रहेका छन् ।

189 shares