फेरी ओरालो लाग्यो नेप्से, ३ अर्बमा खुम्चीयो कारोबार
वि.सं.२०७८ असोज १४ बिहीवार ०९:२७
काठमाडौँ । बुधबार सामान्य अंकको सुधार देखिएको पूँजीबजार फेरी ओरालो लागेको छ । विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.५१ अंकले ओरालो लागेर २६३३.४२ विन्दुमा पुगेको हो ।
आज नेप्सेसहित फ्लट, सेन्सेटिभ र सेन्सेटिभ फ्लट सुचकहरु घटेका छन् । १३ उपसूचकमध्ये ट्रेडिङ, म्युचुअल फण्ड र अन्य उपसमुहहरुका लगानीकर्ताले कमाउन सफल भएका छन् भने बाँकि उपसमुहहरुका लगानीकर्ताले गुमाएका छन् । विकास बैंक, हाइड्रो पावर र फाइनान्स उपसमुहका लगानीकर्ताले धेरै गुमाएका छन् ।
साताको अन्तिम कारोबार दिनमा पूँजीबजार ३ अर्ब रुपैँया बराबरमा खुम्चीयको छ । १ सय ८६ कम्पनीको शेयर खरिदबिक्री भएको बजारमा ३३ कम्पनीका लगानीकर्ताले कमाउन सफल भएका छन् । १ सय ४७ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर देखिएको छ ।
तीन कम्पनीको शेयरमा सकरात्मक सर्किट
काठमाडौँ । विहीबार तीन कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । साताको अन्तिम कारोबार दिनमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोलाको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
विहीबार सकरात्मक सर्किटपछि नेपाल फाइनान्सको शेयर प्रतिकित्ता ५ सय २८ रुपैँया, मनकामना स्मार्ट लघुवित्तको २१ सय १९ दशमलव ७० रुपैँया र मैलुङ खोला जलविद्युत्को २ सय ९५ रुपैँयामा अन्तिम कारोबार भएको छ ।
वि.सं.२०७८ असोज १४ बिहीवार ०९:२७