न्यादी हाइड्रोको आइपीओमा ८ गुणा धेरै आवेदन

273 shares

काठमाडौँ । न्यादी हाईड्रोपावर लिमिटेडले सर्वसाधरणलाई जारी गरेको साधारण शेयरमा ८.२५ गुणा धेरै आवेदन परेको छ । कम्पनीले जारी गरेको २२ लाख ५० हजार कित्तामा उक्त आवेदन परेको हो ।

कम्पनीले कुल पूँजीको १५ प्रतिशत आईपीओ असोज १५ गते जारी गरेको थियो । जारी आईपीओमा पहिलो दिनमा नै लगानीकर्ताको माग भन्दा धेरै आवेदन परेको थियो ।

कम्पनीले ५ प्रतिशत म्युचुअल फण्ड, २ प्रतिशत कर्मचारीलाई र बाँकि कित्ता सर्वसाधरणको लागि आईपीओ जारी गरेको थियो । आईतबार बेलुकासम्ममा १३ लाख ७९ हजार आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्युनतम १० देखि अधिकतम ५० हजार कित्तामा आवेदन दिन पाउनेछन् ।

273 shares