लिखुमा २३ गतेदेखि वडा स्तरीय भलिवल प्रतियोगिता हुने

वि.सं.२०७८ असोज १८ सोमवार ०४:५०
1.24K
shares

रामेछाप । लिखु तामाकोशी गाउँपालिका पोकुमा असोज २३ गतेदेखि वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । लिखु मुनाल युवा क्लवले प्रतियोगिता आयोजना गर्ने भएको हो ।
क्लवले दशैँ, तिहार र छठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता असोज २३ देखि २५ गतेसम्म हुने क्लवका सचिव सविन थापाले बताए ।
थापाका अनुसार खेल श्री अरुणोदय मा.वि. को प्रांगणमा हुनेछ । खेलमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश : ५०, ३०, १५, ५ हजार रुपैँया पुरस्कार राखिएको थापाले बताए । त्यस्तै, वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट डिफेन्डरलाई जनही ३ हजार रुपैँया पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
अन्य जानकारीको लागि-

वि.सं.२०७८ असोज १८ सोमवार ०४:५०
1.24K
shares