२४ गतेदेखि गौरीशंकर गाउँपालिकामा वडा स्तरीय भलिवल प्रतियोगिता हुने

364 shares

दोलखा । गौरीशंकर गाउँपालिका सुरी, गुरुम्फिमा असोज २४ गतेदेखि वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिवल संघ गौरीशंकरले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

संघले दशैँ, तिहार र छठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता असोज २४ देखि २६ गतेसम्म हुनेछ । खेलमा गौरीशंकर गाउँपालिकाका ९ वटै वडाको खेलाडीहरुले सहभागीता जनाउन सक्नेछन् ।

खेलमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमश ५०, ३०, २०, १० हजार रुपैँया पुरस्कारका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउने भलिवल संघले जनाएको छ । त्यस्तै, वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट डिफेन्डर र ब्लकरले ट्रफि र प्रमाणपत्र पाउनेछन् ।

अन्य जानकारीको लागि

364 shares