रामेछाप कांग्रेस सभापतिमा कान्छाराम निर्वाचित

252 shares

रामेछाप । रामेछापको नेपाली कांग्रेसको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका तामाङलाई दोस्रो धेरै मत ल्याएका लबश्री न्यौपानेले समर्थन गरेपछि सर्वसम्मत सभापति भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिका लागि तीन जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा तामाङले ६६८ मत पाएका थिए भने लबश्री न्यौपानेले ३५६ मत ल्याएका थिए । त्यस्तै, कृष्ण बहादुर महतले ३२८ मत पाएका थिए । पहिलो चरणमा कसैले पनि स्पष्ट बहुमत ल्याउन सकेनन् ।

दोस्रो चरणमा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपनि न्यौपानेले तामाङलाई समर्थन गरेपछि सभापतिमा तामाङ निर्वाचित भएका हुन् ।

252 shares