६ अंकले घट्यो नेप्से, कारोबार ३ अर्बमा झर्यो
वि.सं.२०७८ असोज १८ सोमवार १०:३२
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.६८ अंकले घटेको छ । सोमबार नेप्से घटेर २५७०.८१ विन्दुमा पुगेको हो ।
साताको दोस्रो कारोबार दिन नेप्सेसहित फ्लट, सेन्सेटिभ फ्लट र सेन्सेटिभ सबै सुचकहरु घटेका छन् । १३ उपसूचकहरुमध्ये ४ उपसूचकहरु सामान्य अंकले बढे भने अन्य सूचकहरु घटेका छन् । होटल एण्ड टुरिज्म, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र अन्य समुहका लगानीकताले थोरै भएपनि राहत पाएका छन् ।
हाइड्रो पावर र फाइनान्स समुहका लगानीकर्ताले धेरै नोक्सानि व्यहोरेका छन् । आशा लघुवित्त वित्तीय संस्थाको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत् आयोजना, सपोर्ट माइक्रो फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले कमाउन सफल भएका छन् ।
कारोबार रकम खुम्चिँदै
पूँजी बजारको ओरालो यात्रा कायम नै रहेपछि कारोबार रकम खुम्चिँदै गएको छ । साताको दोस्रो कारोबार दिन ७६ लाख कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड रुपैँयाको शेयर कारोबार भएको छ ।
वि.सं.२०७८ असोज १८ सोमवार १०:३२