अनुपम, बोमन र परिणिती काठमाडौँमा, अमिताभ र डेनी आउन बाँकी

252 shares

काठमाडौँ । बलिउड सेलिब्रेटी अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी र सारिका हसन काठमाडौँमा आइपुगेका छन् । अनुपमले सोमबार काठमाडौँ आइपुगेको सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै जानकारी दिएका छन् ।

कलाकारहरु फिल्म ‘उचाई’को छायांकनका लागि नेपाल अएका हुन् । निर्देशक सुरज वर्जात्यासहितको टोलि ४० दिन नेपालमा रहनेछ । फिल्म नेपालको रमणिय स्थल लुक्ला, लाङटाङ, मनाङ, मुस्ताङ लगायतको स्थानमा छायांकन हुने जनाइएको छ ।

बलिउडका विग बि अमिताभ बच्चन र डेनी डेनजोङपा आउन बाँकी रहेको जनाइएको छ ।

252 shares