दोलखा कांग्रेस सभापतिमा बर्मा लामा निर्वाचित

280 shares

दोलखा । नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा लगभग दोब्बर मतान्तरले निर्वाचित भएका छन् । पहिलो चरणमा सबैभन्दा धेरै भोट ल्याएका लामाले दोस्रो चरणमा ८७७ मत ल्याएका छन् । लामाका प्रतिस्पर्धि तारा खड्काले ४ सय ८५ मत ल्याएका छन् ।

पहिलो चरणको मतदानमा स्पष्ट ५१ प्रतिशत मत ल्याउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार दोस्रो चरणमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो चरणको मतदानमा लामाले खड्कालाई पराजित गरेका हुन् ।

पहिलो चरणको मतदानमा दोलखा कांग्रेस सभापतिमा चार जना उम्मेदवार थिए । सो चरणमा पनि लामाले पहिलो मत ल्याएका थिए । दोस्रा चरणमा केशव चौँलागाईको समर्थन पाएका लामाले जित हासिल गरेका हुन् ।

दोस्रो चरणको मतदानमा १३ सय ७३ कुल मत खसेको थियो । २०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा दोलखा प्रदेश सभा क बाट लामा पराजित भएका थिए ।

280 shares