साताको तेस्रो दिन नेप्सेमा सुधार, सात कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट

427 shares
ishwor movie

काठमाडौँ । साताको तेस्रो दिन पूँजीबजारमा सुधार देखिएको छ । लगातार ओरालो लागेको पूँजीबजार मंगलबार सकरात्मक देखिएको छ ।  सो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ ।

आज नेप्सेसहित फ्लट, सेन्सेटिभ, सेन्सेटिभ फ्लट सूचकहरु बढेका छन् । १३ उपसूचकमध्ये ट्रेडिङ बाहेकका सूचकहरु बढेका छन् । फाइनान्स, विकास बैंक र हाइड्रोपावर लगायतका समुहका लगानीकर्ताले कमाउन सफल भएका छन् ।

मंगलबार पूँजीबजारको कारोबार रकम झन् घटेको छ । पूँजीबजारमा २ अर्ब ९९ करोड रुपैँया बराबरको शेयर खरिद बिक्री भएको छ ।

बजारमा ७ कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । ममल्टिपर्पस फाइनान्स, समता माइक्रोफाइनान्स, हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युतको ९.९७, सिभिल लघुवित्तको ९.९४, छ्याङ्दी हाइड्रोपावरको ९.८९ र जनउत्थान सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।

त्यस्तै, एनआइसी एशिया लघुवित्तको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । रिलायन्स फाइनान्स, माउन्टेन इनर्जी, साल्ट ट्रेडिङ, रिद्धि हाइड्रोपावर लगायतका कम्पनीको लगानीकर्ताले गुमाएका छन् ।

427 shares