‘ओ माइ गड २’ परेश आउट

196 shares

काठमाडौँ । बलिउड फिल्म ‘ओ माइ गड’ को सिक्वेलमा परेश रावल नरहने भएका छन् । सन् २०१२ मा बनेको फिल्म त्यो बेलाको हिट फिल्म थियो । फिल्ममा परेशका अलवा, अक्षय कुमार, मिथुन चत्रवर्ति थिए । मुख्य भुमिका निर्वाह गरेका परेशको अभिनयको सबैले तारिफ गरेका थिए । उनै परेश सिक्वेलमा नरहने भएका हुन् ।

सिक्वेलमा अक्षय कुमार भने रहने भएका छन् । फिल्ममा परेशको ठाउँमा पंकज त्रिपाठिले अभिनय गर्ने भएका छन् । परेश आउट हुनुमा उनले धेरै पारिश्रमिक मागेको बताइएको छ । डिमान्ड अनुसारको पारिश्रमिक दिन नसक्ने निर्माण टिमले जनाएको छ ।

सिक्वेललाई अमित राईले निर्देशन गर्नेछन् भने अश्विन बरदेले निर्माण गर्ने जनाइएको छ । सिक्वेल भारतीय शिक्षा प्रणालीको विषयमा आधारित रहने बताइएको छ ।

196 shares