कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्न अनेरास्ववियूको माग

455 shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को जनवर्गिय संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक वरीपरीको क्षेत्रमा जनगणना गर्न सरकारलाई माग गरेको छ । बुधबार संगठनका अध्यक्ष सुदेश पराजुलिले विज्ञप्ती जारी गर्दै चुच्चे नक्सामा समेटिएको सूदूरपश्चिमको दार्चुला जिल्लामा पर्ने महाकाली पारीको गाउँहरुमा जनगणना गर्न माग गरेका हुन् ।

हाल नेपाल सरकारले नेपाली नागरीकको जनगणना गरिरहेको छ । महाकाली पारीको नाभी, कुटी र गुन्जी क्षेत्रका नागरीकले २०१५ को निर्वाचनमा मतदान गरेका थिए । वि.सं. २०१८ पछाडि महाकाली पारीको क्षेत्रमा जनगणना भएको छैन ।

नेपालले उक्त क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरिसकेको छ । सो क्षेत्रमा कुटनीतिक तवरबाट पहल गरि जनगणना गराउन अनेरास्ववियूले सरकारको ध्यानाकर्षण गराएको छ ।

455 shares