यस्तो देखियो एमाले दोलखाको कार्यकर्ता भेला (तस्विरहरु)

315 shares

दोलखा । नेकपा (एमाले) दोलखाले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एमालेले बुधबार चरिकोटमा स्थाई कमिटि सदस्य शंकर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

एमाले विभाजनपछि पहिलो पटक गरेको भेलामा दोलखाका विभिन्न स्थानीय तहबाट कार्यकर्ताहरु उपस्थित भएका थिए । अधिकांस स्थानीय तहका जनप्रतिनिधिहरु एमालेमै रहेका छन् । पहिलो पटक भएको भेलामा अधिकांस नेताहरुले पार्टि विभाजन असर दोलखामा नपरेको बताए ।

भेलालाई शंकर पोखरेका साथै केन्द्रीय नेताहरु पार्वत गुरुङ्ग, आनन्द पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

315 shares