बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा समायोजन, काठमाडौँमा गाडी चढेको १८ रुपैँया

630 shares
ishwor movie

काठमाडौँ । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । प्रदेश सरकारले कार्तिक १ गतेदेखि लागु हुनेगरि भाडा समायोजन गरेको हो ।

प्रदेशभित्र सञ्चालन हुने स्थानीय र छोटो रुटको भाडा प्रदेश सरकारलेनै तोक्ने व्यबस्था अनुसार प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयले भाडा तोकेको हो । नयाँ भाडा अनुसार यात्रुहरुले छोटो दुरीको सार्वजनिक सवारीमा न्युनतम १८ रुपैँयादेखि ३५ रुपैँयासम्म तिर्नुपर्नेछ ।

काठमाडौँ उपत्यकाभित्र यात्रा गर्दा गाडी चढेको न्युनतम १८ रुपैँया तिर्नुपर्नेछ । यात्रुले १५ के.जी.सम्मको समान निशुल्क बोक्न पाउनेछन् भने सो भन्दा बढी १० के.जी. सम्मको व्रतिकेजी ५ रुपैँयाको दरले भाडा तिर्नुपर्नेछ ।

630 shares