एमाले सुदूरपश्चिम अध्यक्ष जोशी नेकपा (एस) प्रवेश

वि.सं.२०७८ असोज २१ बिहीवार ०६:४८
609
shares

काठमाडौँ । नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् । जोशी विहीबार नेकपा एसमा प्रवेश गरेका हुने ।
आज भएको एकीकृत समाजवादीको स्थायी कमिटि बैठमा जोशी पार्टी प्रवेश गरेका हुने । पार्टी विभाजनको बेला १० बुँदे सहमति कार्यन्वयन गर्ने भन्दै एमालेमा रहेका जोशी सहमति कार्यान्वयन नभएको भन्दै नेकपा एसमा गएका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य रहेका जोशी सुदूरपश्चिममा प्रभावशाली नेता मानिन्छन् । नेकपा एसमा उनलाई स्थायी कमिटिको जिम्मेवारी दिइएको जनाइएको छ ।
नेकपा एसको आज बसेको बैठकमा सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने जनाइएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार ०६:४८
609
shares