भारत बराबरीमा रोकियो, नेपाल फाइनल नजिक

350 shares

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा भारत र श्रीलंकाबीचको खेल बराबरीमा रोकिएको छ । विहीबार भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि बराबरीमा रोकिएको हो ।

माल्दिभ्समा भइरहेको खेलमा भारतको यो दोस्रो बराबरी हो । यसअघिको खेलमा भारतले बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो । यो सँगै भारतले २ खेलमा २ अंक जोड्दै तेस्रो स्थान हासिल गरेको छ ।

अघिल्लो दुई खेलमा पराजीत श्रीलंकाले १ अंक जोडेको छ ।

भारत र श्रीलंकाबीचको बराबरीले नेपाललाई फाइदा पुगेको छ । नेपाल यसपटकको साफमा अपराजीत ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । यो सँगै नेपाल फाइनल नजिक रहेको छ । नेपालले अबको खेल भारतसँग खेल्नेछ ।

350 shares