जनउपकार साकोसको साधारण सभा भोलि, के के छन् एजेण्डा ?

413 shares
ishwor movie

दोलखा । गौरीशंकर गाउँपालिका जुँगु मुख्य कार्यालय रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असोज २२ गते बार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाले आफ्नो सेवा क्षेत्रमा घुम्ती साधारणसभा पछि मुख्य कार्यालयमा साधारण सभा गर्न लागेको हो ।

संस्थाले १६ गते काठमाडौँमा सेवा केन्द्र उद्घाटन गरेर सुरु गरेको घुम्ती साधारण सभा गौरीशंकर गाउँपालिकाको सुरी, झ्याँकु र जुँगुका विभिन्न स्थानहरुमा सम्पन्न गरिसकेको छ । वि.सं. २०५४ सालमा जुँगुका अगुवाहरुको नेतृत्वमा सुरु भएको सहकारीले हाल विभिन्न स्थानमा आफ्नो सेवा विस्तार गरेको छ ।

जुँगुमा मुख्य कार्यालय रहेको संस्थाले झ्याँकु र सुरीमा सेवा केन्द्र विस्तारपछि काठमाडौँमा पनि सेवा सूचारु गरेको छ ।

संस्थाले साधारण सभाका लागि आर्थिक वर्ष २०७७–७८ को लेखापरिक्षण प्रतिवेदन एवं वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०७८–७९ को लागि प्रस्तावित नीति तथा कार्यक्रम तथा प्रस्तावित आम्दानी र खर्चको विवरण, विनियम संसोधन, नीति तथा कार्यविधि पारित लगायतका प्रस्तावहरु राखेको छ ।

 

413 shares