नेकपा एसको चुनावचिन्ह ‘कलम’

203 shares

काठमाडौँ । नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले पार्टीको चुनाव चिन्ह कलम राख्ने भएको छ । अहिले नेकपा एकीकृत पार्टीको चुनावचिन्ह कलम रहेको छ । जीवन राईको नेतृत्वमा रहेको उक्त पार्टीसँग एकता गरेर नेकपा एसले कलम चुनाबचिन्ह राख्ने भएको हो ।

पार्टीको विहीबार बसेको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको हो । नयाँ पाटी दर्ताको बेला नेकपा एसले किताब चुनाबचिन्ह प्रस्ताव गरेको थियो ।

203 shares