कार्तिक दोस्रो सातादेखि ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने

392 shares

काठमाडौँ । फ्रेन्चाइज गायन रियालिटी सो ‘द भ्वाइस अफ किड्स’ कार्तिक दोस्रो सातादेखि प्रसारणमा आउने भएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजकले शो लाई कार्तिक दोस्रो सातादेखि हिमालयन टेलिभिजनमार्फत प्रसारणमा ल्याउने बताएको हुन् ।

डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको आयोजकले जनाएको छ । विश्वको विभिन्न देसमा चर्चित रहेको यो शोको निर्णायकमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी रहेका छन् । लामा र खरेल यसअघि भ्वाइस अफ नेपालमा निर्णायकको भुमिकामा रहेका थिए ।

शो लाई अमृत तेलले स्पोन्सर गरेको छ ।

392 shares