दोस्रो दिनमै सामलिङ्ग पावरको आइपीओमा १४ गुणा बढी आवेदन

406 shares
ishwor movie

काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको साधरण शेयरमा १४.१६ गुणा बढी आवेदन परेको छ । विहीबारदेखि निष्काशन भएको आइपीओमा दोस्रो दिनमा नै उक्त आवेदन परेको हो ।

कम्पनीले विहीबार ४ गतेदेखि ८ गतेसम्म आवेदन दिन मिल्ने गरि ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेका छ । बिक्री प्रबन्धकका अनुसार शुक्रबार ४ बजेसम्ममा कम्पनीको आइपीओमा ७ लाख ८३ हजार ८ सय १३ जना लगानीकर्ताले आवेदन दिएका छन् । आवेदकले दिएको आवेदन रकम ९६ करोड १५ लाख ७९ हजार रुपैँया हो । सो रकम सर्वसाधरणलाई छुट्याएको शेयरको १४.१६ गुणा बढी हो ।

कम्पनीले जारी गरेको ७ लाख ३० हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९ सय कित्तामा सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको शेयरमा लगानीकर्ताले प्रतिकित्ता एक सय रुपैँयाको दरले न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्तामा आवेदन दिन सक्छन् ।

406 shares