चुनाव भएको चार वर्षपछि उल्टियो वडाध्यक्षको नतिजा

245 shares

महोत्तरी । स्थानीय चुनाव भएको चार वर्षपछि महोत्तरीमा वडाध्यक्षको नतिजा उल्टिएको छ । मनरा सिस्वा नगरपालिका वडा नम्बर १० को मतदानको नतिजा उल्टिएको हो ।

सर्वोच्च अदालतले पुन मतगणना गर्ने आदेशपछि भएको गणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन् । आइतबार भएको मतगणनामा राय २ मतले विजयी भएका हुन् ।

२०७४ सालमा भएको निर्वाचनमा राय र अर्का उम्मेदवार अरुणकुमार चौधरीले बराबर मत ल्याएपछि गोलाप्रथाद्वारा विजयी घोषणा गरिएको थियो । आफु नभएको बेला निर्वाचन आयोगले चौधरीलाई विजयी घोषणा गरेको भन्दै रायले मुद्दा हालेका थिए । सोही मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले पुन मतगणना गर्नु भन्ने आदेश दिएको थियो ।

सो आदेश अनुसार आज भएको मतगणनामा रायले २ सय ६८ मत र चौधरीले २ सय ६६ मत ल्याएका छन् ।

245 shares