नेकपा एमाले गौरीशंकरको अध्यक्षमा जंग गुरुङ सर्वसम्मत चयन

1.06K shares

काठमाडौँ । नेकपा एमालेले गौरीशंकर गाउँपालिकामा सर्वसम्मत अध्यक्ष चयन गरेको छ । सोमबार भएको पालिका अधिबेशनमार्फत एमालेले जंग गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

गुरुम्फीमा भएको भेलाले पालिका कमिटीको उपाध्यक्षमा मिङगुर शेर्पा, सचिवमा देवराम बुढाथोकी र सहसचिवमा टिका खत्री र प्रकाश कार्कीलाई चयन गरेको छ । ७५ सदस्यीय पालिका कमिटी बनाएको एमालेले यसअघिनै वडा कमिटीहरु सर्वसम्मत चयन गरेको छ ।

नेकपा एमालेले १ नम्बर वडामा कृष्ण बहादुर खड्का, २ नम्बरमा राजाराम कार्की, ३ नम्बरमा चक्र बहादुर खत्री, ४ नम्बरमा मीन कार्की, ५ नम्बरमा सुन्दर प्रकाश खड्का, ६ नम्बरमा आङतेम्बा शेर्पा, ७ नम्बरमा लाक्पा शेर्पा, ८ नम्बरमा उमेश गुरुङ र ९ नम्बरमा मेघराज ठकुरीको नेतृत्वमा वडा कमिटीहरु गठन गरेको छ ।

1.06K shares